Logo

प्रमुख समाचार

‘कोरोना कोषमा सांसदको एक महिनाको तलब जम्मा गरौं’ : गगन थापा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले हिजोमात्रै गठन गठन गरेको कोरोना कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन् ।

आज विहान आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले यस्तो आग्रह गरेका छन्, ‘सरकारको काेराेना काेषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गराैं । जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्राेत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ । संगैमा सरकारलेपनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पारोस् ।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १२:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।