Logo

अन्तर्राष्ट्रिय

बिश्वका १ अर्ब मानिस ‘लक अप’, ३५ देश ‘स्व बन्दी’, संक्रमितको संख्या ३ लाखभन्दा बढी



कोरोना भाइरसका कारण बिश्वका १ अर्ब मानिस ‘लक अप’ को अवस्थामा पुगेका छन् । अर्थात ३५ देश ‘स्व बन्दी’ अवस्था झेल्दैछन्। संक्रमितको संख्या सवा ३ लाख कटेको छ । १९० मुलुकमा यो भाइरस फैलिसकेको छ ।

कोभिड १९ संक्रमित भई मर्नेको संख्या चीनमा भन्दा इटलीमा बढी छ । इटलीमा मात्र ५४०० भन्दा बढिको मृत्यु भैसकेको छ । बिश्वभरिमा मर्नेको संख्या १४ हजार नाघेको छ । अमेरिकाको शहर न्यूयोर्क्, सिकागो र लसएन्जलस लक डाउनको स्थितिमा पुगेका छन् । अमेरिकी राष्त्रपती डोनाल्ड ट्रम्पले जनातालाई घरबाट ननिस्कन भनेका छन् । उनले कोरोनाको समस्या सबैको साझा समस्या भएकोले सबै मिलेर संघर्षमा उत्रण आह्वान गरेका छन् ।

भारतमा पनि संक्रमितको संख्या तीब्र रूपमा बढ्दो छ । सोमबारसम्ममा संक्रमितको संख्या ३९६ पुगेको छ । सबैभन्दा महाराष्ट्र यसको चपेटामा परेको छ, जहाँ ६३ जनामा कोभिड १९ संक्रमण पाइएको छ । त्यस्तै केरलामा ५२, राजस्थानमा २५ जनामा संक्रमण पाइएको छ ।

उता, अफ्रिका पनि बिस्तारै कोरोनाको चपेटामा पर्न थालेको छ । ट्युनिसियाले लकडाउन घोषणा नै गरिसकेको छ भने दक्षिण अफ्रिकामा २५० जना संक्रमित पाइएको छ । पुरा अफ्रिकामा सक्रमितको संख्या १ हजार नाघेको छ ।

जनआस्थाको साथमा

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।