Logo

समाचार

‘कोरोना विरुद्धको लडाईमा चीन नेपालको साथमा छ’ : राजदूत याञ्छी



कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने प्रयासमा निकै सफलता हासिल गरिरहेको चीनले नेपाललाई आफु साथमा रहेको बताएको छ ।

चीनको वुहान बाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ । कोरोनासँग कठिन परिस्थितिमा पनि जुधेको चिनले नेपाललाई चाहिने सम्पूर्ण आवश्यक सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ ।

चिनियाँ राजदूत होउ याञ्छीले ट्विट गर्दै आफुहरू साथमै रहेको बताएकी हुन् । ‘हामी नेपालका लागि प्रार्थना गर्दछौं, हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामाग्रीहरू सकेसम्म उपलब्ध गराउँने छौं ।’ उनले आफ्नो ट्विटरमा उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १५:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।