Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: भारतमा २१ दिनसम्म ‘लकडाउन’ हुने



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणलाई थप फैलन नदिन मंगलबार राति १२ बजेबाट लागु हुने गरि २१ दिनसम्म पूरा भारत ‘लकडाउन’ गरिने घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । यसअघि भारतका अलग अलग राज्यहरूले आफु अनुकुल ‘लकडाउन’ गरेपनि पूरा भारत ‘लकडाउन’ गरिएको थिएन । भलै एक दिने जनता कर्फ्युको घोषणा भने गरिएको थियो ।

भारतमा कोरोना भाइरसका कारण मंगलबार बेलुकासम्म १० जनाको मृत्यु भएको छ । यस्तै ५४८ जना संक्रमित भएको पुष्टि भएको छ । भारतका प्रायः राज्यहरु कोरोना प्रभावित देखिएपछि केन्द्र सरकारले पूरा भारत लकडाउन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लक डाउन एक किसिमको क्रफ्यू नै भएको बताएका छन् । उनले लक डाउनको २१ दिनसम्म घर बाहिर ननिस्कनसमेत नागरिकहरुमा अपील गरेका छन् । उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्स मेन्टेन गर्नुको विकल्प नभएकोसमेत बताएका छन् ।

भारतले मंगलबारदेखि लकडाउन गरे पनि नेपालमा भने सोमबार रातीदेखि लकडाउन शुरु भएको छ । नेपालमा ७ दिनका लागि लकडाउन गरिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार २१:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।