Logo

समाचार

‘लकडाउन’ को दोस्रो दिन, खाद्यान्न पसल दिनभर खोल्न पाइने



सरकारले ‘लकडाउन’ को दोस्रो दिन अर्थात् बुधबार बाट खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ ।

यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिंदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने महानगरीय प्रहरी आयुक्तको कार्यलय रानिपोखरीले जनाएको छ ।

कोरोना भाइरस रोकथाम नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धि सामाग्री कुन समयमा बिक्रि गर्न पाइने भन्ने बिषयमा स्पष्ट व्याख्या गरिएको थिएन ।

जसका कारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो । गृहमन्त्रालयका सह – सचीव केदारनाथ शर्माले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ, सुरक्षा, खाद्यवस्तु, खानेपानि, दूध, विद्युत लगायतका कारोबार गर्ने पसलहरू बन्द नहुने भन्दै सदाझैं निर्वाद सञ्चालन गर्न अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार ०७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।