कोरोना भाइरस (कोभिड – १९) को संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रण लिएको छ ।
सरकारी निर्णयको अवज्ञा गर्ने ३०० भन्दा बढी सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अत्यावश्यक काममा निस्केकालाई भने छाडिएको छ ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको प्रहरीले जनाएको छ । अत्यावश्यक सेवा र पास लिएका सवारी साधन मात्रै चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ ।
सर्वसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरेको छ । पास बिनाका सवारी साधन नचलाउन समेत आग्रह गरेको छ ।




















प्रतिक्रिया