Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरस: भारतमा एकैदिन ७ को मृत्यु, ज्यान गुमाउनेको संख्या २०



विश्वभर स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) नियन्त्रका लागि २१ दिने ‘लकडाउन’ घोषणा गरेको छिमेकी देश भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा निरन्तर वृद्धि भएको छ । भारतमा बिहीवार मात्रै कोरोनाका कारण ७ जनाले ज्यान गुमाएका छन् । यो सँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ भने ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

छिमेकी देश भारतमा तीब्र गतिमा कोरोनाको संक्रमण फैलिएसँगै नेपालमा समेत त्रास बढेको छ । नेपालका लाखौं मानिसहरू भारतमा मजदुरी गर्न जाने गर्छन् ।

कोरोनाको त्रास सँगै लाखौं नेपाली भारतबाट घर फर्किएका छन् । उनिहरूलाई क्वारेन्टाइनमा नराखिएकोले गाउँ गाउँसम्म कोरोना संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरू त्रसित बनेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।