Logo

प्रमुख समाचार

कोरोना भाइरस: आज मन्त्रिपरिषद बैठक, विशेष राहत प्याकेजबारे निर्णय हुन सक्ने



आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह बैठक बस्ने तय भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आज अपरान्ह मन्त्रीपरिषद बैठक बस्ने जानकारी दिए । बैठकले ‘लकडाउन’ प्रभावितलाई विशेष राहत प्याकेज उपलब्ध गराउने बारे विशेष निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि भन्दै देशभर साताव्यापी ‘लकडाउन’ गरेको छैटौं दिनमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

बैठकमा ‘लकडाउन’को समिक्षा, राहत प्याकेज घोषणा, अत्यावश्यक सामाग्रीको आयात लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ । त्यो सँगै ‘लकडाउन’को अवधि लम्ब्याउने अधिक सम्भावना रहेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आईतवार १०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।