विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) बाट बच्न गाउँपालिका प्रमुख बेद बहादुर रोकाको अग्रसरतामा सबै वडाका वडा अध्यक्ष, स्वास्थ शाखा प्रमुख र सुरक्षा निकाय समेतको सहभागीतामा गाउँ पालिकाका सबै वडाहरूमा जनचेतना मुलक अभियान सञ्चालन गरिएको छ ।
पूर्वी पहाडी जिल्ला ओखलढुंगाको पश्चिमी क्षेत्रमा अवस्थित यस गाउँपालिकाले सबै वडाका स्वास्थकर्मीहरूसँगको परामर्शमा कोरोना भाइरस प्रभावितलाई लक्षित गरि ९ वटै वडामा ५ – ५ शैय्या क्षमताको कुल ४९ बेड सहितको कोरोना विशेष अस्पताल समेत सञ्चालनमा ल्याईसकेको जानकारी दिएको छ ।
त्यस्तै गाउँपालिका सहित प्रत्येक वडामा हेल्प डेक्स स्थापना गरि कुनै स्वास्थ समस्या देखा परेमा तुरुन्त सम्पर्क गर्न पनि गाउँपालिकाले आम गाउँपालिका बासीलाई अनुरोध समेत गरेको छ । यो सँगै कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइन बस्ने विरामीहरूका लागि खानपानको व्यवस्था समेत गरेको जानकारी दिएको छ ।
दक्ष स्वास्थकर्मी र भएका स्वास्थकर्मीलाई पनि पिपिई लगायतका स्वास्थ सुरक्षाका अत्यावश्यक सामाग्रीका अभावका बाबजुद आम गाउँपालिका बासीको स्वास्थ प्रति गाउँपालिका संवेदनशील रहेको गाउँपालिकाका प्रमुख रोकाले जानकारी दिए । त्यो सँगै कोरोना सम्बन्धि आधिकारिक सूचनालाई मात्रै पालना गर्न अफवाह वा गलत हल्लाको पछाडि नलाग्न समेत आग्रह गरेको छ ।
गाउँपालिकाको मुख्य प्रवेशमार्गको रूपमा रहेका खिजीदेम्बा गाउँपालिका वडा नम्बर १ मा रहेको लिम्तीमा हेल्थ डेक्सको स्थापना गरि गाउँपालिका प्रवेश गर्नेको स्वास्थ जाँचका साथै अभिलेख राख्ने काम समेत भै रहेको गाउँपालिकाले जनाएको छ । कोरोना प्रभावित मुलुक बाट फर्किएका नागरिकहरूलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइन बस्न वा गाउँपालिकामा सम्पर्क गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।




















प्रतिक्रिया