पूर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्टले कोरोना भाइरसको उपचार तथा परिक्षण गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गर्न लागिएको उपचार तथा परिक्षण किट खरिद प्रकरणमा स्वास्थमन्त्री, मुख्य सचीव, प्रधानमन्त्रीका सल्लाहकारहरू, स्वास्थ विभागका महानिर्देशक सहितका व्यक्तिहरूलाई भ्रष्टाचारको मुद्दा चलाएर देशद्रोही घोषणा गर्न माग गरेका हुन ।
परिक्षण सामाग्री खरिदमा चरम अनियमितता भएको सार्वजनिक भएपनि स्वास्थमन्त्री सहित सम्बन्धित सरकारी पदाधिकारीले भने अनियमितता भएको कुरा अस्वीकार गर्दै आएका थिए । स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार तथा परिक्षण गर्न किनेको र्यापिड टेस्ट किट नै विश्व स्वास्थ संगठनले स्वीकृत नै नगरेको मापदण्डको किट खरिद गरेको सार्वजनिक भएपछि बुधबार सरकारले प्रक्रिया नै रद्द गरेको थियो ।
सामन्य बजार मुल्य भन्दा कैयौं गुणा महंगो मुल्यमा कोरोना उपचार सामाग्री सरकार निकटनै मानिएको ओम्न्नी समूहलाई उक्त सामाग्री खरिद गर्न स्वीकृति प्रदान गरेको थियो । उक्त प्रक्रियामा चरम अनियमितता गरेको आरोप लागेपनि स्वास्थमन्त्री सहित, विभागका महानिर्देशक सम्मले उक्त खरिद प्रक्रिया सहि र प्रक्रियागत नै रहेको दावी पटकपटक गरेका थिए ।
यही कुरालाई संकेत गर्दै पूर्व लडाकुका अध्यक्ष बिष्टले सामाजिक सञ्जाल फेसबुकमा अर्बौं घोटाला हुने ठेक्का रद्द गरेर केहि व्यापारीलाई बलिको बोका मात्र बनाउने नभएर संलग्न सबै व्यक्तिहरूलाई भ्रष्टाचारको मुद्दा दायर गर्न माग गरेका हुन् । सरकारी पदाधिकारीको मिलेमतो बिना व्यापारीले मात्रै घोटाला गर्नै नसक्ने उनको भनाइ छ ।

देशमा कानुनी शासन छ भन्ने प्रत्याभूति हुनको लागि पनि भ्रष्टाचारको आरोपितहरूलाई कानुनको कठघरामा ल्याउनुपर्ने उनको माग छ ।




















प्रतिक्रिया