प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र एवं कोरोना नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहित स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहितका ५ जना विरुद्ध अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री पोखरेल, मन्त्री ढकाल सहित स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव यादव प्रसाद कोइराला, स्वास्थ सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्न्नी विजनेश कर्पोरेट प्रा. लि. का सञ्चालकहरू विरुद्ध अख्तियारमा उजुरी परेको हो ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले इमेलमार्फत उजुरी दिंदै मुद्दा चलाउन माग गरेका छन् । कोरोना भाइरसको उपचारका लागि चाहिने स्वास्थ सामाग्री खरिदमा नियतबस भ्रष्टाचार गरिएको उजुरीमा उल्लेख गरिएको छ । अनियमितताको आरोप लागेपछि सरकारले उक्त प्रक्रिया रद्द गरेर नेपाल सेनालाई स्वास्थ सामाग्री खरिदको अनुमति दिएको छ ।




















प्रतिक्रिया