Logo

प्रमुख समाचार

मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

आजको बैठकमा लकडाउनको समय बढाउने – नबढाउने विषयमा छलफल हुने जनाइएको छ । यस्तै कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धि मेडिकल सामाग्री नेपाली सेनालाई खरिद गर्न दिने विषयमा छलफल हुन सक्ने जनाइएको छ ।

मन्त्रीपरिषद बैठक अगाडि केन्द्रीय कोभिड-१९ नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा लकडाउन केही दिन थप्ने बारे छलफल हुने र समितिले त्यसको सिफारिस मन्त्रीपरिषदमा गर्ने सम्भावना रहेको बताइन्छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार १२:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।