Logo

अन्तर्राष्ट्रिय

छोरी जन्मिएको केही घन्टामै कोरोनाका कारण आमाको मृत्यु



युक्रेनमा कोरोनाका कारण एक महिलाको ज्यान गएको छ । उनको सन्तानलाई जन्म दिएको केहि घण्टामै ज्यान गएको हो । उक्त महिलाको नाम गलिना हो । उनले बच्चालाई जन्म त दिइन तर कैलै नर्फकने गरि संसार छाडेर गइन । गलिना ३६को उमेरमा पहिलो पटक आमा बनेकी थिइन् ।

आमाको मातृत्व अनुभव गर्न नपाई प्राण गएकी उनको मार्च १० का दिन कुनै लक्षण नदेखिएपनि ती गर्भवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । उनको पश्चिमी युक्रेनको इनाभो–फ्रान्किभ्स्क शहरमा मृत्यु भएको जनाइएको छ । मार्च २९ मा २।५ किलोग्रामकी छोरीलाई जन्म दिएकी गलिना लामो समय देखि निमोनियाले ग्रस रहेकी थिइन् । सुत्केरी भएलगत्तै अवस्था कमजोर हुदै गए पछि उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार २१:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।