विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) कै कारण अमेरिका भारत सम्बन्धमा दरार आउनसक्ने संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।
कोरोना भाइरस विरामीको उपचारका लागि हाइड्रक्लोरोक्वाइन औषधि निर्यात गर्नेबारे स्पष्ट धारणा नबनाए दिपक्षीय सम्बन्धमै चिसोपना आउन सक्ने चेतावनी दिएका छन् ।
केहि दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले मलेरिया विरुद्ध प्रयोग हुँदै आएको हाइड्रक्लोरोक्वाइन धेरै उत्पादन गर्ने भएकोले उक्त औषधि अमेरिका पठाइदिन अनुरोध गरेका थिए । कोरोना संक्रमितको संख्यामा उल्लेखनीय बृद्धि भएपनि अमेरिकाको कोरोना विरामीको उपचारमा मलेरियाका विरामीलाई दिइने औषधि प्रयोग गर्दै आएको छ ।
कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा अमेरिकामा मलेरियाको औषधि प्रयोग गर्न ट्रम्पले सुझाब दिएका छन । अमेरिकामा अहिले मलेरियाको औषधि कोरोना विरामीको उपचारमा प्रयोग हुने मुख्य औषधि रहेको छ ।
केहि दिन भएको औषधि पठाउने बारेको संबादपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भनेका थिए ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तृत कुराकानी भयो । उक्त कुराकानीमा दुबै देश मिलेर कोरोना विरुद्ध लडने समझदारी भएको छ ।’
उक्त छलफल भएको केहि दिनमै अमेरिकाले औषधि निर्यात गर्ने बारे स्पष्ट नपारे सम्बन्ध बिग्रनसक्ने चेतावनी दिएका छन् ।
सोमबार ह्वाइटहाउसमा मिडिया व्रिफिङ गर्दै ट्रम्पले भने- मैले आइतबार विहान मोदीसँग कुराकानी गरेको छु, उनले सकरात्मक प्रतिक्रिया दिएका छन् । हामीले उक्त औषधि अमेरिका पठाएमा प्रशंसा गर्नेछौ ।
उनले औषधि निर्यात हुन नदिए त्यसले पक्कै पनि राम्रो नहुने बताए । गत बुधबारदेखि भारतले औषधि निर्यातका रोक लगाएको छ । औषधि निर्यात भएपनि केस टु केसका आधारमा हुने समेत बताइएको छ ।




















प्रतिक्रिया