Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसको उद्गम थलो वुहानमा ७६ दिनपछि लकडाउन अन्त्य



विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरस संक्रमणको सुरुवाति इपिसेन्टर तथा उद्गम स्थल चीनको वुहान सामान्य जनजीवनमा फर्किन थालेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहानमा विगत ७६ दिनदेखिको लकडाउन अन्त्य भएको छ । ७६ दिनपछि वुहानले आफ्नो सीमा खुला गरेको छ । तर केही प्रतिबन्धहरु भने कायमै छन् । संक्रमण पुनः फैलिन सक्ने जोखिम रहेको भन्दै सरकारी अधिकारीले सावधानी अपनाउन आग्रह गरेका छन् ।

एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जनवरीको तेस्रो हप्तादेखि यो भाइरसको संक्रमण विश्वव्यापी रुपमा महामारीको रुप लिएर फैलिएको छ । अहिले विश्वका अधिकांश देश यसबाट प्रभावित भएका छन् ।

हुबेई प्रान्तको राजधानी वुहानका स्वस्थ बासिन्दा तथा बाहिरबाट त्यहाँ पुगेकाहरुलाई बुधबारदेखि हिँड्न दिइएको छ । बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् ।

बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ । पछिल्ला हप्तामा चीन तथा वुहानमा कोरोना भाइरसको संक्रमण तथा यसबाट हुने मृत्यु शून्य प्रायः छ । वुहानमा कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भयो भने ५० हजार भन्दा बढी संक्रमित भए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।