Logo

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा निको भएका ५१ जनामा पुनः कोरोनाको संक्रमण



दक्षिण कोरियामा कोरोना भाइरस लागेर निको भइसकेका ५१ जनामा पुनः कोरोनाको परीक्षण पोजिटिभ देखिएको छ ।

देशमा सबभन्दा बढी प्रभावित शहर दाएगुका ती रोगीलाई भाइरस लागेको पाइएपछि क्वारेन्टीनमा राखिएको थियो क्वारेन्टीनबाट निस्केको केही दिनपछि उनीहरूमा फेरि भाइरसको संक्रमण देखिएको हो ।

कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीहरूमा पुनः संक्रमण भएको नभई भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको जनाएको छ ।

मानव कोशिकामा यो भाइरस पत्ता नलाग्ने गरी लुकेको विश्वास गरिएको छ । एउटै बिरामीलाई दुईपटक कोरोना पोजिटभ पाइएमा परीक्षणले गलत नतिजा दिएको पनि हुनसक्ने विज्ञहरूले दाबी गरेका छन् ।

हालसम्म दक्षिण कोरियामा १० हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ भने २ सय जनाको ज्यान गइसकेको छ ।६ हजार ७७६ जना उपचारपछि निको भएका छन् भने ३ हजार ४ सय जनाकाे विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।