Logo

अन्तर्राष्ट्रिय

लगातारको आक्रमणको मूडमा राष्ट्रपति ट्रम्प



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ संगठन (डब्लूएचओ) माथि लगातार आक्रमणको मूडमा देखिएका छन् । कोरोना भाइरस महामारीलाई बुझ्न तथा त्यसको नियन्त्रणका लागि चाल्नु पर्ने कदम चाल्न नसकेको भन्दै ट्रम्पले डब्लूएचओ माथि लगातार आक्रमण जारी राखेका हुन् ।

कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रीफिङको क्रममा पहिलोपटक डब्लूएचओ माथि आक्रमणम थालेका ट्रम्पले बुधबारको ब्रीफिङमा पनि त्यसलाई निरंतरता दिएका हुन् । बुधबारको ब्रीफिङमा ट्रम्पले डब्लूएचओले कोरोना भाइरस महामारीलाई सहि तरिकाले बुझ्न नसकेको आरोप लगाएका हुन् । डब्लूएचओले आफ्ना प्राथमिकताहरूलाई सहि गर्नुपर्ने उनको भनाइ छ ।

मंगलबारको ब्रिफिङ्गमा डब्लुएचओलाई प्रदान गर्दै आएको सहयोग रहम रोक्का गर्ने चेतावनी दिएका ट्रम्पले बुधरबार त्यसलाई थप निरन्तरता दिए । डब्लुएचओलाई सहयोग प्रदान गर्ने वा नगर्ने भन्ने बारे अमेरिकाले अध्ययन तथा अनुसन्धान गरेर निर्णय निले उनले बताए ।

ट्रम्पले भनेका छन्, ‘सबैलाई सही तवरले व्यवहार गरिनु पर्छ । तर डब्लुएचओले त्यस्तो गरे जस्तो देखिँदैन ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार डब्लुएचओमाथि चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन् । ट्रम्पले लगातार महामारीलाई लिएर डब्लुएचओको भूमिकाको आलोचना गरिरहेका बेला डब्लुएचओले भने महामारीलाई राजनीतिकरण नगर्न अपिल गरेको छ । डब्लुएचओका प्रमुखले महामारीलाई राजीतिकरण गर्नु आगोसँग खेल्नु जस्तै हुने चेतावनी दिँदै विश्वव्यापी एकता र सहयोगका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०८:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।