Logo

अन्तर्राष्ट्रिय

साउदी अरब राजपरिवारका १५० जना सदस्यलाई कोरोना भाइरस संक्रमण



साउदी अरबको राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरिएको छ । राजा सलमान र मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन् ।

रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन् । देशभर रहेका भिआईपीका लागि ती शैय्याको माग गरिएको हो। चिकित्सकलाई हाई अलर्टमा बस्न पनि भनिएको छ ।

अस्पतालले ‘टप अर्जेन्ट’ विरामीलाई मात्र उपचारका लागि लिने जनाएको छ । ८४ वर्षीय सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा बसेका छन् भने युवराज मोहम्मद बिन सलमान  ग्रामिण क्षेत्रमा बसेका छन्  ।

साउदी राज परिवारमा १५ हजार सदस्य छन् । राजकुमारहरु धेरै छन् । उनिहरु नियमितरुपमा युरोप गइरहने भएकाले उतैबाट भाइरस ल्याएको हुन सक्ने आशंका गरिएको छ  ।

न्युयोर्क टाइम्सका अनुसार रियादका गभर्नर रहेका राजकुमार फैजल बिन बन्दर बिन अब्दुल्लाहजिज अल साउदी कोरोना भाइरसको संक्रमणपछि आईसीयूमा उपचार गराइरहेका छन् । उनको उमेर ७० वर्षभन्दा माथि छ ।

३ करोड ३० लाख जनसंख्या रहेको साउदी अरबमा कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने २ हजार ९ सय ३२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार २०:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।