Logo

प्रमुख समाचार

कोरोना भाइरस: भ्याक्सिन नबनेसम्म लकडाउनलाई निरन्तर गर्न सुझाव



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस ((कोभीड-१९) रोकथामका लागि संसारका १०० भन्दा धेरै देशहरूले लकडाउनको उपाय अवलम्बन गरिरहेका छन् । ठूलो जनसंख्या र अर्थतन्त्र भएका देशहरू पनि लकडाउनले ठप्प छन् । यो कहिलेसम्म चल्ने हो कुनै टुंगो छैन् । नेपालको अवस्था पनि यो भन्दा भिन्न छैन् ।

केही देशले लकडाउन खुकुलो बनाउन थालेका छन् । चीनको वुआन क्षेत्र ७६ दिनको लकडाउनपछि खुलेको छ । युरोपका कतिपय देशहरु लकडाउन खुकुलो बनाउँदैछन् । अमेरिकाका कतिपय स्थानहरुमा लकडाउन खुकुलो नै छ ।

तर, एक अध्ययनले कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म लकडाउन पूर्ण रुपमा खोल्न नहुने निष्कर्ष निकालेको छ । मेडिकल जर्नल द लान्सेटले चीनमा फैलिएको कोरोना भाइरसको अध्ययन गरी त्यस्तो निष्कर्ष निकालेको हो । अध्ययनले गणितीय पद्धतिमा लकडाउन खोल्दा दोस्रो चरणको कोरोना भाइरसको संक्रमण बढ्ने देखाएको छ ।

अध्ययनको नेतृत्व गरेका हङकङ विश्वविद्यालयका प्राध्यापक जोसेफ टु वुले सामजिक घुलमिल, उद्योग पुनसंचालन, विद्यालय पुनः संचालनलगायतले आयातित केसहरुको खतरा बढाउन सक्ने बताएको सीएनएनले बताएको छ । विभिन्न देशका सरकारहरुले विस्तारै विभिन्न किसिमका निषेधहरु हटाउने र रोग सर्नसक्ने विषयलाई नजिकबाट नियमन नगरेमा संक्रमणको गति बढ्न सक्ने औल्याएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार ०५:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।