Logo

प्रमुख समाचार

कोरोनाविरुद्धको लडाईमा भारतसँग सहकार्य गर्नुपर्ने प्रचण्डको प्रस्ताव



हालै बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाईमा भारतसँग सहकार्य गरेर जानुपर्नेमा जोड दिएका छन् । तर, प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमति वा विमति नराखी मौन बसेको बुझिएको छ ।

नेकपाका एक नेताले दिएको जानकारीअनुसार नेपालमा कोरोनाको जोखिम न्यूनिकरण गर्नको लागि भारतसँग सहकार्य गर्नुपर्नेमा प्रचण्डको जोड थियो । दाहालको प्रस्तावमा सचिवालयका सबै सदस्यहरुको साथ र समर्थन थियो । तर, अध्यक्ष ओली भने मौन बसेका थिए । दाहालले नेपालमा कोरोनाविरुद्धको लडाईमा सरकारले सबैलाई साथमा लिएर अघि बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।

उनले अहिले घोचपेच गरेर जान नहुने पनि तर्क गरेका थिए । भारतले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै लकडाउन लगाएपछि नेपालले पनि लकडाउन लगाएको हो । नेपालले आगामी २०७७ साल बैशाख ३ गते राति १२ बजेसम्म लकडाउन कायम गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।