प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डलाई काउण्टर जवाफ दिंदै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रतिपक्षी सहितको उच्चस्तरीय समितिको कुनै आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।
सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले बिहिवार साँझ एक टेलिभिजनलाई दिएको अन्तरवार्ता दिने क्रममा उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने कुरा पार्टी सचिवालय बैठकमा समेत राखेको बताएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा युवा नेता थापाले अहिले कुनै अमुक राजनीतिक संयन्त्र हैन सक्रिय संसद चाहिएको बताएका हुन् । फेसबुकमा युवा नेता थापाले ‘फ़ेरि उच्चस्तरीय राजनीतिक संयन्त्रको हावा चल्न थालेछ ! अहिले कुनै अमुक संयन्त्र हैन सक्रिय संसद चाहिएको छ । ‘भर्चुअल संसद बैठक’ बस्न नसके पनि ‘भर्चुअल समिति बैठक’ संभव छ । संसद बैठक नभएको बेला ‘मिनि संसद’ को क्रीयाशिलता झनै अपेक्षित हुन्छ ।’ उनले लेखेका छन् ।
उनले यस सन्दर्भमा आफूहरूले छलफल समेत अगाडि बढाएको पनि नेता थापाले उल्लेख गरेका छन् ।




















प्रतिक्रिया