तब्लीगी जमात को माध्यम बाट भारतमा कोरोना भाइरस फैलाउने स्क्रिप्ट लेखिएको भारतीय विश्लेषक सुजित कुमार झाले दाबी गर्दै भारतीय सञ्चारमाध्यम ichow.in मा लामो लेख नै प्रकाशित गरेका छन् ।
विश्लेषक झाका अनुसार १५ देखि १७ फेब्रुअरी मा सप्तरीमा आयोजित इज्तिमा नै कोरोना भाइरस फैलाउने स्क्रिप्टको सुरुवात भएको उनको दाबी छ । १८ देशका मुस्लिम धर्मावलम्बीको सहभागीता रहेको भनिएको उक्त कार्यक्रमका प्रमुख वक्ता मौलाना सादको योजना मुतावीक नै उक्त कार्य अगाडि बढेको उनको समेत उनको दाबी छ ।
नेपालमा पहिलोपटक आयोजना भएको इज्तिमामा करिब तीन लाख मुस्लिम समुदायको सहभागीता रहेको उक्त कार्यक्रमलाई आयोजकले नेपाल र भारतका मुस्लिम मात्रै सहभागी हुने भनेकोमा पछि पाकिस्तान, दुवई, बंगलादेश, चीन देखि अष्ट्रेलिया सम्मका मुस्लिम कार्यक्रममा सहभागी हुन काठमाडौ आएपछि मात्रै नेपाल सरकारले उक्त कार्यक्रमबारे सतर्क बनेको समेत उनको दाबी छ ।
नेपाल भारत खुल्ला सिमानाको कारण भारतले आफ्नो सुरक्षा खतराका कारण नेपालको गृहमन्त्रालय लाई अलर्ट गरेपछि कार्यक्रम आयोजनको तीन दिन पहिले मात्रै इज्तिमा आयोजना गर्नको लागि रोक लगाएको समेत उल्लेख गरिएको छ । गृहमन्त्रालयले एक सर्कुलर नै जारी गरेर इज्तिमा आयोजना गर्न अनुमति नदिन जिल्ला प्रशासन कार्यलाई आदेश दिएको समेत बताइएको छ । झुठ बोलेर कार्यक्रम आयोजना गरिएको भन्दै कार्यक्रम रद्द गर्न आदेश दिएको समेत उल्लेख छ । केहि हजार मानिस मात्रै उपस्थित हुने भनेर अनुमति लिइएको कार्यक्रममा लाखौंको सहभागीता गराउन खोजेको आरोप झाले लगाएका छन ।
नेपाल सरकारले इज्तिमा स्थगित गर्ने नेपाल सरकारको निर्णयको विरुद्धमा मुस्लिम आयोगका अध्यक्ष र प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत सहित अन्य मुस्लिम संगठनले सरकारको निर्णय परिवर्तन गर्न दबाब दिएको समेत उल्लेख छ । लाखौं मानिस काठमाडौ आएर पनि कार्यक्रम स्थगित गर्दा अन्तराष्ट्रिय स्तरमा राम्रो सन्देश नजाने भन्दै उनिहरूले सरकारलाई निर्णय परिवर्तनको लागि समेत दबाब दिएको उल्लेख छ ।
भारतीय दूतावासको दबाब पछि नेपाल सरकार पछि हट्न बाध्य बनेको दाबी
विश्लेषक झा का अनुसार नेपालका मुस्लिम पक्षधर नेताहरू यो कार्यक्रम सफल बनाउन र आयोजना गर्न नेपाल सरकारमाथि दबाब बनाउन तल्लीन रहेका कारण नेपालस्थित भारतीय दूतावासलाई समेत प्रभावमा पार्न खोज्नुका साथै आफ्नो पुरानो सम्बन्धको हवाला दिंदै प्रदेश २ का मुख्यमन्त्री राउत र मुस्लिम आयोग प्रमुख अन्सारीले भारतको सुरक्षास्थिति लाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको बयान दिन थालेको समेत दाबी गरिएको छ ।
भारत रुष्ट नहोस् भनेर कार्यक्रम स्थगित गरिएको र नेपालस्थित भारतीय दूतावासका खुफिया एजेन्सीका व्यक्तिहरूलाई नै प्रभावमा पारेर बाहिर मुस्लिमकै दबाबमा कार्यक्रम हुन नसकेको सार्वजनिक हुँदा नेपाल – भारत दुबै देशका मुस्लिम समुदायमा भारत विरोधी भावना प्रवल हुने र त्यो भारतको आन्तरिक र बाह्य दुबैतिर नकारात्मक असर पर्ने समेत उल्लेख गरिएको छ ।
ठिक त्यही समयमा भारतमा नागरिकता कानुनलाई लिएर धेरै स्थानमा मुस्लिम समुदायको प्रदर्शन चलिरहेको कुरालाई मध्यनजर गर्दै यसै कुराको फाइदा उठाएर मुख्यमन्त्री राउत र मुस्लिम आयोग अध्यक्ष अन्सारीले भारतीय दूतावासका अधिकारी सम्मलाई मनाएको दाबी गरिएको छ । भारतीय दूतावासको मध्यस्थतापछि नै नेपाल सरकारले कार्यक्रमको शशर्त आयोजनाको लागी अनुमति दिएको समेत खुलासा गरिएको छ ।
नेपाल सरकारले कार्यक्रम आयोजकलाई कार्यक्रममा नेपाल र भारतबाहेक अन्य कुनै पनि मुलुकका प्रतिनिधिलाई सहभागी हुने अनुमति नदिएको समेत खुलासा गरेका छन् । त्यो सँगै तेस्रो देशका कुनै व्यक्ति कार्यक्रममा सहभागी हुन खोजेमा कार्यक्रम आयोजकले नै नेपाल सरकारलाई जानकारी दिने समेत प्रतिबद्धता जनाएको समेत दाबी गरिएको छ ।
नेपाल सरकारको यो शर्तलाई मुख्यमन्त्री राउत र आयोग अध्यक्ष अन्सारीले स्वीकार गरेको भएपनि तेस्रो देशबाट आएका कुनै पनि नागरिकको जानकारी नेपाल सरकारलाई नदिएको समेत दाबी गरिएको छ । नेपाल सरकारको रिपोर्टको हवाला दिंदै उक्त कार्यक्रममा करिब साढें दुई देखि तीन लाख व्यक्ति सहभागी भएको दाबी गरिएको छ । कार्यक्रममा सहभागी हुन नेपाल आएका भन्दा कैयौं गुणा बढी मानिसहरू भारत प्रवेश गरेको समेत उनको दाबी छ ।
त्यो सँगै हालैका दिनमा भारतमा कोरोना फैलाउन उद्द्त रहेका भनिएका मौलाना साद नै कार्यक्रममा मुख्य वक्ता रहेको दाबी गर्दै इज्तिमामा मौलाना सादले के अभिव्यक्ति दिए त्यसको रेकर्ड समेत कसैसँग नरहेको दाबी गरिएको छ । कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गर्नुका साथै क्यामेरा र मोबाइलको प्रयोगमा समेत बन्देज लगाइएको दाबी गरिएको छ ।
चीनको हुवेइ प्रान्तका १० मुस्लिम पनि कार्यक्रममा सहभागी भएको दाबी
कार्यक्रमको सबैभन्दा विवादास्पद कुरा भनेको २०१९ को डिसेम्बरमा नै देखा परेको कोरोनाको प्रभावविन्दु मानिएको हुवेइ प्रान्तबाट फेब्रुअरीमा १० मुस्लिम सहभागी भएको झाको दाबी छ । नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतको हवाला दिंदै चीन बाहेक पाकिस्तान बाट १४९, बंगलादेश बाट २०९, साउदी अरेबिया बाट ५२, कतार बाट २३, इन्डोनेशिया बाट १५, थाइल्यान्ड बाट १० जनाले पनि सहभागीता जनाएको दाबी छ । उक्त समयमा कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइसकेको थियो ।
कार्यक्रममा सहभागी अधिकांश व्यक्तिहरू कार्यक्रम सम्पन्न भएपछि भारत प्रवेश गरेको र दिल्लीस्थित निजामुद्दीन मरकजमा शरण लिएको समेत दाबी गरिएको छ । नेपालमा कार्यक्रम चलिरहेकै बेला दिल्लीमा दुई जनाको मृत्यु भएको तर उनिहरूको नत पोस्टमार्टम नै गरियो नत उनिहरूलाई शदगत गरियो त्यो समेत जानकारी नभएको दाबी गरिएको छ ।
यही कुरालाई आधार बनाएर इज्तिमा बाट फर्किएका व्यक्तिहरू मार्फत नै कोरोना भाइरसले भयंकर रुप लिएको दाबी गरिएको छ मूल रूपमा चीनको हुवेइ प्रान्तबाट आएका व्यक्ति मार्फत नै भारत फैलिएको दाबी गरिएको छ । नेपाल सरकारले कार्यक्रममा रोक लगाउनुका बाबजुद कार्यक्रम आयोजना हुदाँ भारतीय गुप्तचर अधिकारीले ध्यान नदिएको उल्लेख गर्दै कार्यक्रममा पाकिस्तानी मुस्लिम सहभागी हुने कुरा जानकारी रहेको समेत दाबी छ ।
भारतीय दूतावासका ती अधिकारी जो मुख्यमन्त्री राउत र आयोग अध्यक्ष अन्सारीसँग उठबस थियो उनिहरूले कार्यक्रममा सहभागी पाकिस्तानी र बंगलादेशी मुस्लिम सहभागी हुँदा किन रोक्न नसकेको भनेर आलोचना समेत गरिएको छ । भारतीय दूतावासका अधिकारीको संदिग्ध भूमिकालाई लिएर दिल्ली सरकारले कुनै एक्सन लिन्छ वा लिन्न भन्ने प्रश्न समेत उठाइएको छ । उक्त कार्यक्रम स्थगित गर्न भारतीय दूतावासले कुनै पहल नगरेको समेत झाको आरोप छ ।
भारतीय दूतावासका ती अधिकारी जो मुख्यमन्त्री राउत र आयोग अध्यक्ष अन्सारीका साथमा छन् । उनिहरूले कार्यक्रममा शर्तको विपरीत पाकिस्तानी र बंगलादेशी नागरिक के गरिरहेका थिए भन्ने प्रश्न गरिएको छ । आफ्नो विश्लेषणमा झाले भर्खरै नेपालमा ७० जनाको आसपास पाकिस्तानी नागरिक गिरफ्तार भएको उल्लेख गर्दै मुख्यमन्त्री राउत र आयोग अध्यक्ष अन्सारीले नै सबै संदिग्धलाई प्रदेशमा लुकाएर राखेका हुन् कि भन्ने आशंका समेत गरिएको छ ।
(www.ichik.in मा प्रकाशित भारतीय विश्लेषक सुजित कुमार झाद्वारा लिखित विचारको नेपाली अनुवाद)




















प्रतिक्रिया