Logo

प्रमुख समाचार

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टका तीनजनामा कोरोना संक्रमणको आशंका



काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीनजनालाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

पाटन अस्पतालका निर्देशक बिष्णुप्रसाद शर्माले एकै परिवारका बुबा, आमा र छोरालाई र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको आशंका गरिएपछि थप पुष्ट्याइँका लागि पीसीआर विधिबाट परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

शर्माले देशसञ्चारसँग भने, ‘पीसीआर विधिबाट अन्तिम निर्क्यौल नआउँदासम्म पोजेटिभ भन्न मिल्दैन ।’ पाटन अस्पतालबाट ती तीनैजनाको स्वाब परीक्षणका लागि आइतबार अपराह्न टेकु पठाइएको छ ।

उक्त परिवार चैत ५ गते लण्डनबाट फर्केको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार १९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।