Logo

गण्डकी प्रदेश

गोरखाका एक युवामा पनि देखियो कोरोना संक्रमण



र्‍यापिड टेस्टको क्रममा बहराइन बाट नेपाल फर्किएका एक युवामा कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । आरुघाट गाउँपालिका – ५ का ३१ वर्षीय एक युवामा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ कार्यलय गोर्खाले जनाएको छ ।

ती युवा गत फागुन २२ गते बहराइनबाट नेपाल आएका थिए । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यलयले आरुघाट गाउँपालिकामा गरेको र्‍यापिड टेस्ट गरेकोमा उनको मात्रै एन्टीबढी पोजेटिभ देखिएको हो ।

र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था नदेखिएको र अवस्था सामन्य रहेको बताइएको छ । उनलाई आरुघाट प्राथमिक स्वास्थ केन्द्रको आइसोलेसनमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पोखरा पठाइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार १३:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।