बेलायतले चीनका दुईवटा कम्पनी मार्फत कोरोना भाइरस परिक्षणका लागि किनेको टेस्टिङ किटले काम नगरेपछि केही समयअघि मात्रै खरिद गरिएका ती सामाग्री कमसल पाइएपछि सामाग्री फिर्ता गर्ने तयारी बेलायत सरकारले थालेको छ ।
बेलायतले खरिद गरेको कोरोना टेस्टिङ किटको मूल्य कम्तीमा १६ लाख पाउण्ड रहेको बताइन्छ । बेलायतले अलटेष्ट बायोटेक र बन्डफो बायोटेक नामक कम्पनीबाट उक्त किटहरू खरिद गरेको थियो ।
ती कम्पनीहरुले हेल्थ सेफ्टीका सबै मापदण्डहरु पूरा गरेको बताए पनि ती किटले राम्रो काम नगरेपछि बेलायतमा सामान खरिदमा ध्यान पुर्याउन नसकेको भन्दै बेलायत सरकारको आलोचना पनि शुरु भएको छ ।
बेलायतको स्वास्थ तथा सामाजिक सुरक्षा विभागका प्रवक्ताले सम्झौता सबै सामानको गरे पनि शुरुमा निम्नतम् परीक्षणका लागि केही मगाइएको र अरु बाँकी जे जति छन् तिनीहरु प्रयोग नगरिने बताए । उनले मगाउन खोजिएका थप परिमाणहरू खारेज गरेर सकेसम्म आर्थिक क्षति कम गर्ने जानकारी पनि बेलायती जनतालाई दिएका छन् ।
चीनबाट ल्याउन खोजिएको उक्त एण्टिजिन टेष्टिंग किटले कोबिडसम्बन्धी परीक्षणमा पोजेटिभ वा नेगेटीभ के हो भन्ने थाहा हुन्छ भने अर्को एण्टीबडी टेष्टिंग किट पहिला कोरोनाबाट संक्रमण भई सुधारउन्मुख भइरहेका बिरामीको पुन परीक्षणका लागि प्रयोग गरिन्छ ।




















प्रतिक्रिया