लगातारको लकडाउनलाई बेवास्ता गर्दै सयौं किलोमीटर पैदलै हिंडेर गाउँ फर्किनेहरूलाई सम्बन्धित स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरि गाउँ फर्काउने तयारीमा सरकार लागेको छ ।
उच्च सरकारी स्रोतका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा पनि यसबारेमा छलफल भएको बुझिएको छ । तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् ।
यसअघि पनि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दुई दिनको लागि काठमाडौ बाहिर जान मिल्ने निर्णय गर्ने तयारी गर्दैगर्दा निर्णय बाहिरीएपछि स्थानीय र प्रदेश सरकारको विरोधका कारण सरकार उक्त निर्णयबाट पछाडि हटेको थियो ।
सरकार निकट उच्च स्रोतका अनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर प्रदेश र स्थानीय सरकार सँगको समन्वयमा पैदललै घर जान निस्केका नागरिकहरूलाई घरसम्म पुर्याउने सरकारको तयारी छ ।
लकडाउनका बाबजुद मानिसहरू हिंडेर नै गाउँ फर्किन थालेपछि सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
प्रहरीले बाटोमा रोक्ने कोशिश गर्नका बाबजुद समस्या समाधान नभएको र सरकारलाई समेत अप्ठ्यारो परेको भन्दै यस्तो निर्णय गर्न लागिएको बताइन्छ ।




















प्रतिक्रिया