उदयपुरको भुल्केस्थित मस्जिदमा लुकेर बसेका आठ भारतीय नागरिकमा थ्रोट स्वाब परीक्षणका क्रममा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । त्रियुगा नगरपालिका- ३ को भुल्केस्थित मस्जिदमा लुकेर बसेकामध्ये ८ जनाको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको हो ।
मस्जिदमा केही भारतीय नागरिक लुकेको सूचना आएपछि सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले मंगलबार उनीहरुको स्वाब नमुना लिएको थियो ।
उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षणका क्रममा पोजेटिभ पाइएको हो । उनीहरुको स्वाब परीक्षण पोजेटिभ देखिए पनि पुष्टिका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा पठाइएको प्रदेश १ स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले पनि विराटनगरमा पोजेटिभ देखिए पनि ती नमूना काठमाडौँमा परीक्षणका क्रममा रहेको जानकारी दिएको छ ।




















प्रतिक्रिया