Logo

अन्तर्राष्ट्रिय

उत्तर कोरियामा कोरोना संक्रमित रहेको खुलासा



संसारभर कोरोना भाइरसको महामारी चलिरहँदा आफ्नो देशमा कोरोना संक्रमित नरहेको बताउँदै आएको उत्तर कोरियामा संक्रमित रहेको खुलासा भएको छ ।

उत्तर कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई गरेको सार्वजनिक व्यायाख्यानमा मुलुकमा कोरोना भाइरस भएको बताएको सार्वजनिक भएको हो । मार्च महिनाको सुरुमा संक्रमण देखा परेको समेत बताइएको छ ।

शुक्रबार रेडियो फ्री एसियाले प्योङ्गयाङले देशमा कोरोनाका प्रमाणित संक्रमित नरहेको दावी गरेको आफ्नो रिपोर्टमा जनाएको थियो । सो रेडियोले प्योङ्गयाङ र रायोङ्गाङ प्रान्तका एक एक वटा स्रोतको हवाला दिंदै लेक्चचरहरूले संख्या नखुलाएपनि उत्तर कोरियामा कोरोना संक्रमित भएको रिपोर्ट प्रसारण गरेको छ ।

लेक्चररहरूले ती संक्रमितहरू प्योङ्गयाङ, दक्षिणी ह्वाङवे प्रान्त र उत्तरी हेमग्योङ प्रान्तमा भेटिएको उसको रिपोर्टमा उल्लेख गरिएको छ । चीन लगायतका छिमेकी मुलुकमा कोरोना संक्रमण देखिन थालेपछि प्योङ्गयाङले सीमा नाकामा कडाइ गर्दै संक्रमण प्रभावित मुलुकका नागरिकलाई ३० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनेको थियो ।

उत्तर कोरियाली अधिकारीहरूले विश्वव्यापीरूपमा कोरोना नियन्त्रण नआएसम्म शतप्रतिशत बन्द रहेका आफ्ना सिमानाभित्र कोरोना संक्रमण प्रवेश गर्ने सम्भावना भए नभएको हेरिरहेका बताएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आईतवार ०९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।