विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले लकडाउन खोल्न हतार नगर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाइएको लकडाउन हटाउन हतार गर्दा त्यसले भयावह स्थिति निम्तिन सक्ने चेतावनी दिएको हो ।
विश्वका विभिन्न देशले आफूखुसी लकडाउन हटाउने निष्कर्षमा पुगेको सन्दर्भमा मंगलबार यस्तो चेतावनी दिएको हो । डब्लूएचओले चरणबद्ध रूपमा लकाडाउन हटाउन सुझाव दिएको हो ।
कतिपय देशले आंशिक रूपमा प्रतिबन्ध हटाइसकेको तर्फ इंगित गर्दै डब्लूएचओले हतार र सही समय अगाडि नै लकडाउन हटाइए कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने सचेत गराएको छ ।
डब्लूएचओका पश्चिमी प्रशान्त निर्देशक ताकेशी कसाईले जबसम्म कुनै खोप बन्दैन या कुनै उपचारको पहिचान हुँदैन, तबसम्म लकडाउन ‘न्यु नर्मल’ हुनुपर्ने बताएका छन् । लकडाउन बाट फाइदा भएको प्रमाण समेत भेटिएको जनाएका छन् । ‘जो कुनै सरकार लकडाउन हटाउन चाहान्छ भने बिस्तारै चरणगत रूपमा हटाउँदै स्थितिलाई पनि ध्यान दिनुपर्छ’, उनले भनेका छन् ।




















प्रतिक्रिया