Logo

समाचार

उदयपुरमा २ जना कोराना संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो



नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलवार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।

कोशी अस्पताल विराटनगरमा ‘पोजेटिभ’ देखिएका नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं ३ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ जनामा पुनः परीक्षण गर्दा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमितको संख्या ४२ पुगेको छ भने ५ जना उपचारपछि निको भएर ‘डिस्चार्ज’ भइसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलवार १९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।