Logo

अन्तर्राष्ट्रिय

जर्मनीमा कोरोनाविरुद्धको खोपको क्लिनिकल परीक्षण गर्ने तयारी



जर्मनीमा कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षणका गरिने जर्मनीको नियामक निकायले बुधबार जनाएको छ ।

जर्मनको बिओनटेक र अमेरिकी फिजरले विकास गरेको आरएनए खोपको मानव परीक्षण गरिने भएको हो । जर्मनको पउल इर्लिच इन्स्‍टिच्युटले कोभिड-१९ विरुद्धको खोपको पहिलो क्लिनिकल परीक्षणको अनुमति पाएको एक विज्ञप्तिमार्फत जनाएको छ । विश्वभर कोरोनाको खोपको क्लिनिकल परीक्षण पाएको जर्मनी चौथो मुलुक हो ।

सम्भावित जोखिम र फाइदाका विषयलाई सावधानीका साथ गरिएको मूल्यांकनका आधारमा उक्त अनुमति पाएको बताइएको छ । उक्त परीक्षण १८ देखि ५५ वर्षका करिब दुई सय स्वस्थ स्वयंस्वीलाई गरिने बताइएको छ ।

उक्त परीक्षण कहिले सुरु गरिने भन्‍ने विषयमा भने केही खुलाइएको छैन । खोप विकास गर्ने संस्था बिओनटेकले चाँडै परीक्षण सुरु गर्ने दाबी गरेको छ ।

एएफपी

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार २०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।