Logo

प्रमुख समाचार

‘घर जान छट्पट्टीएका नागरिकलाई भेट्दा आँशु थाम्न सकिएन’: सांसद पौडेल



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल ‘सुनिल’ ले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौ नयाँ बसपार्कको फोटो सेयर गर्दै लकडाउनका कारण घर जान नपाएर चर्को झरीमा पनि घर जान छट्पट्टीएका जनसमुदायलाई बसपार्कमा भेट्दा आँशु थाम्न नसकिएको भन्दै पिडा व्यक्त गरेका छन् ।

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरिएको एक महिना हुँदै गर्दा पनि विभिन्न काममा कारण राजधानीमै रोकिएर घर जान नपाएका नागरिकको अवस्था दिनप्रतिदिन बिग्रदैं गएको अवस्थामा अलपत्र नागरिकको पिडा प्रती सरकारलाई संवेदनशील हुन समेत सचेत गराएका छन् ।

निरन्तरको लकडाउन सँगै सामन्य नागरिकको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । समस्यामा परेका नागरिकको सहायता गर्नुपर्ने समयमा सरकार भने अनावश्यक राजनीतिक हतकण्डामा मुछिएको भन्दै सरकारको आलोचना भै रहेको बेला सांसद पौडेलको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार २०:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।