Logo

कोशी प्रदेश

बिराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृतको मनोमानी



प्रदेश १ को राजधानी समेत रहेको मोरङको बिराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल सरुवा भएर आएको तीन महिना मात्रै बितेको छ । स्थानीय निकायमा जनतासँग प्रत्यक्ष रहेर काम गर्ने अनुभव नभएका उनले तीन महिनाको अवधिमा कुनै उल्लेखनीय कार्य गर्न सकेका छैनन् ।

बरु, जनप्रतिनिधि र कर्मचारीमाथि प्रस्तुत हुने अनुचित शैली, हेपाहा प्रवृत्ति र रवाफी शैलीको उनकै कार्यलयका कर्मचारीको चिया गफसम्म पुगेको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको लागि सवारी हुँदाहुँदै आफन्तको गाडी भाडा तिरेर प्रयोग गरिरहेका छन् । अन्य प्रशासकीय अधिकृतले चढ्ने गरेको निशान गाडी अहिले कार्यलमै थन्किरहेको छ ।

कर्मचारी प्रतिको उनको हेपाहा शैलीको पुष्टि गर्न टाढा जानै पर्दैन केही दिन अगाडि मात्रै स्वास्थकर्मीको शतप्रतिशत सेवा वृद्धि गर्ने निर्णयको फेरबदल मात्रै नियाले प्रयाप्त हुन्छ । विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रणमा समेत प्रमुख प्रशासकीय अधिकृत पोखरेल उदासीन देखिएका छन् ।

स्वास्थ मन्त्रालयमा लामो समय बसेर काम गरेको अनुभव भएको भनिएका पोखरेलको यस्तो शैलीले महानगरका स्वास्थ कर्मचारी नै सबैभन्दा धेरै पीडित भएका छन् । जसले कोरोना नियन्त्रणमा अझै चुनौती थपेको जानकारहरूको भनाई छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।