कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपाली बढीमा दैनिक ३ हजारका दरले फर्काउने सकिने निष्कर्ष निकाल्दै सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यसअघि सबै प्रदेशमा पोकल मन्त्री तोकेर विदेशबाट ल्याइएका नेपालीलाई राख्नको लागि अध्ययन गरिरहेको अवस्थामा चरणवद्व रूपमा नेपालीलाई ल्याउन सुझाव दिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित सरोकारवाला निकायहरूको पटकपटक विदेशमा आपतमा परेका नेपालीलाई ल्याउन र व्यवस्थित गरी राख्नका लागि पटकपटक दबाब दिंदै दिएका थिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा बसेको समितिको बैठकले विदेशमा रहेका नेपालीलाई आगामी १० दिनपछि फर्काउने निष्कर्ष निकालेको थियो ।
नेपाल फर्किन चाहने नेपालीले हवाई भाडा र आवश्यक अन्य खर्चहरू भने आफैँ व्यहोर्नु पर्ने छ । विदेशबाट नेपाल फर्काइएकालाई होटलमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।
गत महिना श्रम मन्त्रालयले गरेको अध्ययनअनुसार वैदेशिक रोजगारीमा रहेका ४ लाखलाई तत्काल उद्धारको आवश्यकता रहेको औँल्याएको थियो । त्यसबाहेक भारत र अन्य देशका कूटनीतिक निकायलमा रहेका नेपालीलाई पनि ल्याउनु पर्ने हुँदा ६ लाख बढीको उद्धार गर्नुपर्ने हुन सक्ने परराष्ट्र मन्त्रालयको आंकलन छ ।




















प्रतिक्रिया