Logo

प्रदेश

बाँकेमा सवारी दुर्घटना हुँदा ११ जनाको ज्यान गयो, २२ घाइते



पूर्व पश्चिम राजमार्ग अन्तरगत बाँके खण्डमा गए राति सवारी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

राप्तीसोनारी – २ स्थित ठुरिया जंगलमा हाइस दुर्घटनामा परेको हो । बाँके प्रहरीका अनुसार नेपालगञ्ज बाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदाँ ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना आइतबार मध्यराति १२:१५ मा भएको हो ।

दुर्घटनामा घाइते भएका २२ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पताल ल्याइएको छ । मृतकको सनाखतको काम भइनसकेको बाँके प्रहरीले जनाएको छ । भेरी अस्पतालको शव गृहमा शव राखिएको तथा सनाखतको काम सुरु हुन लागेको जनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार ०५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।