Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि



गण्डकी प्रदेश अन्तरगतका बागलुङ र स्याङजा जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा उनिहरुलाई संक्रमण भएको देखिएको हो । विहिबार थप भेटिएका थपसहित प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ ।

थपिएका संक्रमितहरुमा बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट गाउँपालिकाका ३ जना रहेका छन् ।

त्यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एक जना, म्याग्दीको मंगला गाउँपालिकाका एक जना तथा पर्वतको बिहादी गाउँपालिकाका २ जना र फलेबास नगरपालिकाका २ जना रहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।