लकडाउनको समयमा प्रदेश न. ५ का आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सरकारी गाडिको चरम दुरुपयोग भएको तथ्य बाहिर आएको छ । आन्तरीक मामिला तथा कानुन मन्त्रीले मन्त्रालय वा सचिवालयका कुनै पनि कर्मचारी पदाधिकारी नराखेर छोरी ज्वाईलाई निजि प्रयोजनका लागि प्रयोग गर्न दिईएको पाईएको हो ।
आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्राद केसिको दाईका छोरी र ज्वाईलाई लिएर रोल्पा आएको लु १ झ ४१२ नम्बरको उक्त गाडिले बुधवार घर्तीगाउँमा १४ बर्षिय एक बालकलाई ठक्कर दिएपछि गाडि दुरुपयोगको खबर बाहिर आएको थियो । प्रहरीका अनुसार उक्त गाडिको ठक्करबाट माडि ४ का नबिन बुढा घाईते भएका हुन । घाईते बालकलाई उपचारका लागि बुटवल लगिएको छ ।
मन्त्रीका भतिजो अजेन्द्र केसिले चलाएको उक्त गाडिमा मन्त्रालयका चालक समेत थिएनन् । भारत तथा देशका अन्य स्थानबाट रोल्पा आउनेहरुलाई प्रदेश सरकारले समन्वयको भुमिका समेत नखेलेको अबस्थामा मन्त्रालयको सवारी साधनको दुरुपयोगका बारेमा छानबिन वा कार्बाहिको कुनै गुन्जायस भने देखिदैन ।




















प्रतिक्रिया