हरिपृया- प्रकाश फाउन्डेसनले लगभग २ हजार नागरिकलाई निशुल्क सौन्दर्य सामाग्री, स्वास्थ्य सामाग्री र खाद्यान्न राहत बाडेको छ ।
सामाजिक अभियन्ता क्षितिज भण्डारीका अनुसार १० हजार नागरिकलाई लाखौंको राहत बाडने अभियान अन्तर्गत बिहिबार ११सय र शुक्रबार ९०० जनालाई सस्थाले कुनै पनि चन्दा र आर्थिक संकलन नलिई आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा राहत बाडेको बताए ।

युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडितहरुलाई बर्षेनी राहत सहयोग हरिपृया फाउन्डेसन मार्फत बाडदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रमा नेतृत्व गर्नुभएकि शिक्षा बिज्ञ एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सासद उम्मेदवार समेत हुनुहुन्थ्यो ।
सामाजिक अभिन्ता युवानेता भण्डारीको अनुसार सौन्दर्य र सरफाई सामाग्री बितरण कार्यक्रममा कार्यक्रममा खाद्यान्न सहित हिमालयको कम्पनीकाे फेसवास, मन्जन सैम्फु क्याम्पसका छात्रछात्रा र घरेलु महिला कामदारहरुलाई बितरण गरिएकाे थियाे ।

नेपाल प्रहरीको सहयोगले सामाजिक दुरि कायम राख्दै लिरिल नुहाउने साबुन, नवरत्न तेल, बजाज तेल,मन्जनब्रस सनसिल्क सैम्फु, रेजरब्लेड, कैँची, नर्मल मास्क,सेनेटाईजर, मोबाइल रिचार्ज कार्डहरु (बृद्धबृद्दालाई), एन ९५ मास्क र पन्जाहरु गैरराजनीतिक ढंगले बाडिएको थियो ।
हरिपृया फाउन्डेसनले सहकार्य गरेको त्रिबेणि युवा कल्बका अध्यक्ष बिन्देश खनाल र सचिब ज्ञानबहादुर श्रेष्ठको पहलमा सबैलाई प्याकेटमा पौष्टिक र तातो खाना समेत सामाजिक दुरि सहित ११ सय लाई बितरण गरिएको थियो । बालाजुको कार्यक्रमलाई सम्पादक ईन्द्र रिजाल र कबिता केसिले अनि बुढानिलकण्ठ को कार्यक्रमलाई गोराखापत्रका सम्पादक शिव अधिकारी र निर्मला मिश्रले अनुगमन गर्नुभएको माननीय दीपेन्द्र श्रेष्ठले बताए ।

अब घोषित स्थान बाहेक फाउन्डेसनले फ्रन्टलाईनका पत्रकारलाई काठमाडौ, ललितपुर, भक्तपुर र आसपासको जिल्लाका सभापति मार्फत सौन्दर्य र स्वास्थय सामाग्री बितरण गरिने स्वास्थ्य बिज्ञ नारायण देव बताउँछन ।
काेरानाकाे महामारिका बेला संक्रमणलाई जित्न मनाेबैज्ञानिक रुपले बलियाे हुन अावश्यक रहेकाे र सरसफाइकाे विशेष महत्व भएकाले फाउन्डेसनले साबुन,स्याम्पु,फेसवास,तेल लगायतका सामग्रि बाडेकाे युवा नेता क्षितिज भण्डारिले बताए।




















प्रतिक्रिया