Logo

प्रमुख समाचार

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता



जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राप्रपा) नेपालबीच एकता भई बनेको जसपा आयोगमा दर्ता भएको हो ।

आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए । जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ । जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने सहमति भएको छ । एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको छ ।

जसअनुसार पहिलो, दोस्रो र तेस्रोमा क्रमशः महन्त ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव छन् भने चौथो र पाँचौंमा अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता कायम रहने गरी सहमति जुटेको हो । त्यस्तै पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति भएको हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आईतवार १९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।