Logo

प्रमुख समाचार

एसईई कानुनी रूपमा नै खारेज गरौंः गगन थापा



नेपाली कांग्रेसका नेता गगन थापाले माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई कानुनी रुपमै खारेज गर्न माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले सरकारले यस वर्ष एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै आएको नतिजालाई मान्यता दिने निर्णय सही भएको बताएका छन् ।उनले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण व्यवस्था गर्न माग गर्दै १२ १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा लिन आग्रह गरेका छन् ।

‘यस वर्ष एसईई परीक्षा नहुने, सही निर्णय ! कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौं र अबबाट एसईई कानुनी रूपमा नै खारेज गरौं । कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं । शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ’, सांसद थापाले लेखेका छन् ।

Gagan Thapa

✔@thapagk

यस वर्ष SEE परीक्षा नहुने,सही निर्णय!कक्षा ११को परीक्षा पनि आन्तरिक मूल्याङ्कन बाट निर्धारण हुने ब्यबस्था गरौं र अब बाट SEE कानुनी रूपमा नै खारेज गराैं।
कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं।
शिक्षा प्रणालीमा परिवर्तनको लागि,संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।

280 people are talking about this

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।