Logo

प्रमुख समाचार

पर्वत दुर्लुङ पहिरो अपडेट: ५ जनाको ज्यान गयो, चारजना बेपत्ता



पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार साँझ परेको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा पाँचजनाको मृत्यु भएको छ ।  पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव फेला पारेका थिए । शनिबार  साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनीको मृत्यु भएको छ । मृतक अरु दुईजनाको पनि शव फेला परेको छ ।

प्रहरीले बिहान २ बजेसम्म खोजी जारी राखेका थिए । अहिले बिहानैबाट पनि थप सुरक्षाकी उद्धार र बेपत्ताको खोजीमा जुटेका छन् । अहिले बिहान दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । यसअघि शनिबार राति तीनजनाको शव फेला परेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार ०८:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।