Logo

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री गिलानीलाई कोरोना भाइरसको संक्रमण



पाकिस्तानका पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पाकिस्तानमा विपक्षी पार्टी मुस्लिम लीगका प्रमुख शहबाज शरीफ, मन्त्री शेख राशिद र अर्का पुर्व प्रधानमन्त्री शाहिद खाकन अब्बासीलाई कोरोना भाइरसको संक्रमण यसअघि नै भइसकेको छ ।

पाकिस्तानमा १ लाख ३२ हजार ४०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी २५ सय ५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार ०९:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।