Logo

प्रमुख समाचार

कोरोना संक्रमण बाट थप एकजनाको मृत्यु



आरडिटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएका गुल्मीका एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका– ४ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार दिउँसाे ३ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार ज्वरो, रुघाखोकी लागेपछि उनी हिजो प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको पीसीआर परीक्षणका लागि हिजो नै स्वाब प्रदेश जनस्वास्थ्य  प्रयोगशाला भैरहवामा पठाइएको छ । उनको रिपोर्ट भने आइनसकेको बताइएको छ ।

उनी भारतबाट आएपछि गाउँपालिकले तयार गरेको क्वारेन्टाइन बसिरहेका थिए । क्वारेन्टाइन बस्दा ज्वरो आएपछि उनलाई उपचारका लागि बुटवल ल्याइएको थियो । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आज मात्र गुल्मीमा कोरोना संक्रमित  १ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १८:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।