बलिउडका चर्चित अभिनेता सुशान्तसिंह राजापूतले आत्महत्या गरेपछि भारतमा मात्र नभएर उनका नेपाली फ्यानसमेत दुखित भएका छन् । अभिनेता सुशान्तको आत्महत्याको खबर जब भारतीय मिडियाले सञ्चार गरे, तब ‘श्रद्धाञ्जली’का शब्दले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल भरिए । धेरैजसोले लेखे, ‘सुशान्तले आत्महत्या गरे, विचार उनी एक कुसल अभिनेता थिए, सुशान्तप्रति हार्दिक श्रद्धाञ्जली ।’
छोटो समयमै दर्शकको मनमा बस्न सफल भारतीय अभिनेता सुशान्तले आइतबार मुम्बइस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी भर्खर ३४ वर्षका थिए । यो उमेरमा एक होनहार अभिनेताले आत्महत्या गरेपछि बलिउड फिल्म इन्डस्ट्री शोकमा छ ।
डिप्रेशनमा थिए सुशान्त
मुम्बई प्रहरीको प्रारभिक अनुसन्धानका अनुसार सुशान्त पछिल्लो ६ महिनायता डिप्रेशन थिए । तर, सुशान्त यसअघि डिप्रेशनमा थिए भन्ने कसैलाई थाहा थिए । तर, केही संकेत भने देखाएका थिए । उनले केही दिनअघि सामाजिक सञ्जालमा आफ्नी आमाको नाममा एक पोष्ट गरेका थिए । भारतीय मिडिया र मुम्बई प्रहरीका अनुसार सुशान्तले लेखेका थिए, ‘आँशु जब आउँछ, तब हाँसो रित्तिन्छ । जीवन र सपना, जो दुवै कुराकानी हुन्छ ।’ स्मरणीय के छ भने सुशान्त १६ वर्षको हुँदा उनकी आमाले छाडेर गएका थिए ।
भारतीय मिडिया आजतकले उल्लेख गरेअनुसार मनोचिकित्सक डाक्टर सन्दीप वोहरा भन्छन्, ‘डिप्रेशनले सुसाइडको स्टेज पु¥याउँछ, तब कुनै व्यक्तिबाट भावनात्मकमा चोट पु¥याएको हुन्छ ।’ यो सोच्नु पनि गलत हो कि चर्चित तथा सेलिब्रेटीको जिन्दगीमा केही दुःख छैन ।’ हरेक व्यक्तिमा निराशा वा दुःख हुन्छ, त्यो फिल्मस्टार नै किन नहोस् । डा. सन्दीपको यो भनाइले पनि सुशान्तले डिप्रेशनकै कारण आत्महत्या गरेको पुष्टि गर्छ ।
सुशान्तले आफ्नो निवास मुम्बईको फल्याटमा आत्महत्या गरेका हुन् । त्यहा उनी एक डिलक्स अपार्टमेन्टमा बस्दै आएका थिए । जहाँ ४ फ्ल्याट थियो । सुशान्तले त्यस अपार्मेन्टको मोटो रकम तिर्दै आएका थिए । सुरुमा नै भारु १२ लाख ९० हजार डिपोजिट गरेका थिए भने हरेक महिना उनी ४ लाख ५१ हजार भाडा तिर्दथे । यस फल्याटमा सुशान्तले २०२२ सम्म बस्ने सम्झौता गरेका थिए । तर अब त्यो सम्भव छैन ।
सुशान्तका बारेमा बाहिरिएको अर्को समाचार के छ भने उनी यहि बर्ष अर्थात सन् २०२० को नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । उनको विवाहका लागी उनको घर पटनामा तयारी समेत भएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्बुुएचओ)ले यस वर्ष जनवरीमा जारी गरेको एक रिपोर्ट भन्छ, ‘डिप्रेशन एक कमन मेन्टल डिसार्डर हो, अर्थात गम्भीर मानसिक रोग । यसका बीमारीमा निराशा बढी हुन्छ, जसले मृत्युसम्म रोज्न बाध्य बनाउँछ ।’ रिपोर्टका अनुसार संसारमा करिब २६ करोड मान्छे डिप्रेशनको समस्यासँग जुधिरहेका छन् ।
डिप्रेशनका विभिन्न कारण छन् । कोही करीबीका कारण त कसै रिलेशनशिपमा दिक्कदार भएर डिप्रेशन हुने गरेका छन् । कतिपय साथीहरुबाट समेत डिप्रेशन पर्ने गरेका छन् । केही तथ्यांक यस्तो पनि छ, ‘डिप्रेशनका विमारीमध्ये ३० प्रतिशत रिलेशन अर्थात प्रेम सम्बन्धबाट हुने गरेको छ । यस्तैको संख्यामा गरिबी पनि हो । तर, सुशान्तजस्ता सेलिब्रेटी, जो नाम र दाम दुवैले भरिपूर्ण थियो । यस्ता व्यक्ति प्राय भावनात्मक ठकर खाएपछि डिप्रेशनमा पर्ने गरेको विभिन्न अनुसन्धानहरुले देखाएको छ ।



















प्रतिक्रिया