Logo

प्रमुख समाचार

कोरोना संक्रमण बढेपछि बेइजिङमा पुनः लकडाउन



चीनमा लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या थपिएको छ । अधिकारीहरूले पछिल्लो २४ घन्टाको अवधिमा ४९ जना नयाँ संक्रमित थपिएको र त्यसमध्ये ३६ संक्रमित बेइजिङका रहेको जनाएका छन् ।

चीनमा पछिल्लो दुई दिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिएपछि सो आसपासका १० इलाकामा लकडाउन लागू गरिएको छ ।

यसअघि गत साता बेइजिङमा रहेको एक खाद्य बजारमा कोरोना संक्रमण पाइएको थियो । सिनफाडी नामको सो बजार संक्रमित पाइएपछि बन्द गरिएको छ भने आसपासका हजारौँ मानिसको परीक्षण सुरु गरिएको छ ।

सो बजारमा गएका मानिसहरूको पहिचान गरेर परीक्षण गर्ने काम जारी रहेको अधिकारीहरूले जनाएका छन् । गत वर्षको डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

तर, बेइजिङमा गत साता केही संक्रमित भेटिएका थिए । साथै, अधिकारीहरूका अनुसार बेइजिङनजिकै रहेको हेबेई प्रान्तमा पनि ३ संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार १५:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।