Logo

प्रमुख समाचार

थप २१ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा भारतबाट आएका थप २१ जनामा कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नयाँ कोरोना पुष्टि हुनेहरुमा गण्डकी प्रदेशको नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाका १४ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिकामा १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु सबै पुरुष रहेका छन् ।

निर्देशनालयका अनुसार, पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक महिला गरी ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ। गण्डकीमा देखिएका सबै २१ नयाँ संक्रमितहरु भारतबाट फर्किएका हुन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार ०९:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।