Logo

मनोरञ्जन

पूर्व म्यानेजर दिशाको आत्महत्या र सुशान्तको आत्महत्यामा कुनै सम्बन्ध छ ?



बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको केसमा मुम्बइ पुलिसले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा पुलिसले उनको घरमा काम गर्ने कामदारहरुको पनि बयान लिएको छ । पुलिसलाई दिएको बयानमा उनको घरका स्टाफले सुशान्तले आत्महत्या गर्नुभन्दा तीन दिन अघि नै आफूहरुको सबै पारिश्रमिक दिएको बताएका छन् । सुशान्तले आर्थिक कारणले आफूले भविष्यमा उनीहरुलाई सहयोग गर्न नसक्ने पनि बताएका थिए ।

रिपोर्टका अनुसार सुशान्तलाई उनकी पूर्व म्यानेजर दिशा सलियनको सहयोगबाट १४ करोडको एक वेब सिरिजको कन्ट्रयाक्ट प्राप्त हुनेवाला थियो । तर, दिशाले सुशान्तले भन्दा ६ दिनअघि ८ जूनमा आत्महत्या गरेकी थिइन् । सुशान्त र दिशाको बीचमा मार्चमा २ पटक वेब सिरिज प्रोजेक्टका विषयमा कुरा भएको थियो । दिशाको मृत्युले सुशान्त डिप्रेसनको गम्भीर अवस्थामा पुगेका थिए ।

एक पुलिस अधिकारीका अनुसार जाँचमा दिशा र सुशान्तबीच कुनै प्रोजेक्टका विषयमा ह्वाट्सएपमा कुरा भएको पाइएको छ । मिड डेको रिपोर्ट अनुसार सुशान्तका हालका म्यानेजरले सुशान्तलाई सान्त्वना दिएको बयान दिएका छन् । उनका अनुसार सुशान्त आर्थिक समस्याले ग्रस्त थिए र उनीसँग अहिले कुनै काम थिएन । पछिल्लो समय उनले कैयौं प्रोजेक्टहरु गुमाउका थिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार ०८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।