Logo

प्रदेश

बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ



कञ्चनपुरमा बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १० की ९ वर्षीया बालिका माथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली स्थायी घर भई हाल कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र दयाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनले आफ्नै फुपुकी छोरीमाथि बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बालिकाका परिवारका सदस्यले दयालविरुद्ध जाहेरी दिएका हुन् । उनले पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको बताए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।