साताको दोस्रा दिन आज सेयर बजारमा गिरावट आएको छ । अघिल्ल्लो दिन सामान्य सुधार देखिएको सेयर बजारमा आज भने ६ दशमलव ९४ अंकको गिरावट आएको हो । आज नेप्से परिसूचकमा सोही अंकको गिरावट आउँदा १५७० दशमलव २४ बिन्दुमा पुगेर रोकिएको छ ।
दिनभर कारोबारमा आएका १ सय ९४ वटा कम्पनीको ७२ लाख ९७ हजार ६६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १७ करोड ३९ लाख ७३ हजार २ सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज युनाइटेड फाइनान्स लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, यो कम्पनीको आज सकरात्मक सर्किट लागेर बन्द भएको छ । त्यस्तै नेशनल हाइड्रोपावर कम्पनीका लागनीकर्ताको कमाई ५ प्रतिशतले बढेको छ ।
यसरी नै लिवर्टी एनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्, यो कम्पनीको आज नकरात्मक सर्किट लागेर कारोबार बन्द भएको छ।




















प्रतिक्रिया