Logo

विविध

असार १४ गते आइतबारदेखि असार २० गते शनिबारसम्म तपाईंको साताको राशिफल



 

मेष राशि – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सातामा शुभकार्यको चर्चा चल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । वाक् चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क २,५ । कुनै पनि शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी मंगल ।शुभ रङ्ग रातो गुलावी रहेको छ भने अशुभ कालो रहेको छ ।शुभ दिश पुर्व दक्षिण रहेको छ ।राशिमन्त्र ॐ मंगलमूर्तये नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

वृष राशि- (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो सातामा अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । मध्य साताबाट धार्मिक यात्राको योगछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४,५ । कुनै पनि शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।राशिस्वामी शुक्र ।सेतो तथा घ्यु रङ्ग शुभ रहेको छ भने कालो र प्याजी रङ्ग अशुभ रहेको छ। पश्चिम दिशा शुभ रहेको छ भने पुर्व दिशा शुभ रहेको छ।राशिमन्त्र: ॐ शुं शुक्राय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

मिथुन राशि – (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो साता रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजननितक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । यो साताका लागि शुभअङ्क २,७ । । कुनै पनि शुभकर्म गर्नु पूर्व भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।तपाइँको राशिस्वामी बुध ।हरियो तथा निलो रङ्ग शुभ रहेको छ भने सेतो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

कर्कट राशि- (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्४,८। कुनै पनि शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी चन्द्रदेव हुनुहुन्छ ।सेतो , चांदि र घ्यु रङ्ग शुभ रहेको छ भने कालो र निलो रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने दक्षिण दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ चन्द्रमषे नम: ।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

सिंह राशि- (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो समय निकै उत्साहजनक रहनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । शैक्षिक क्षेत्रपनि कमजोर रहनेछ । यो साताका लागि शुभअङ्क ४,५। कुनै पनि शुभकर्म गर्नु पूर्व दुर्गाभवानीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी सुर्य नारायण हुनुहुन्छ ।शुभ रङ्ग रातो तथा सिंदुरे रङ्ग शुभ रहेको छ भने कालो र सेतो रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने पश्चिम् दिशा अशुभ रहेको छ।तपाइँको राशिमन्त्र: ॐ घृणि सुर्य आदित्याय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

कन्या राशि- (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता माजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३,७ । कुनै पनि शुभकर्म गर्नु पूर्व वा कार्य गर्नु अघि वरुण भगवानको ध्यान गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी बुध ।हरियो तथा पहेँलो रङ्ग शुभ रहेको छ भने सेतो तथा घ्यु रङ्ग अशुभ रहेको छ।उत्तर दिशा शुभ रहेको छ भने अग्नि दिशा अशुभ रहेको छ ।तपाइँको राशिमन्त्र: ॐ बुं बुधाय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

तुला राशि- (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो साता आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समजबाट सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरुले कार्यमा अवरोध ल्याउनेछन् । व्यापार व्यवसायमा वाधा आउनेछ । यो साताका लागि शुभअङ्क ३,६ । कुनै पनि शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी शुक्र ।सेतो घ्यु रङ्ग शुभ रहेको छ भने कालो तथा ध्वांसे रङ्ग अशुभ रहेको छ।पश्चिम् दिशा शुभ रहेको छ भने पुर्व दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शुं शुक्राय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

वृश्चिक राशि – (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो साता बन्धु बान्धव बाट सहयोग मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क १,७ । कुनै पनि शुभकर्म गर्नु पूर्व भैरवजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी मंगल हुनुहुन्छ ।रातो तथा सिंदुरे रङ्ग शुभ रहेको छ भने कालो निलो रङ्ग अशुभ रहेको छ।दक्षिण दिशा शुभ रहेको छ भने उत्तर दिशा अशुभ रहेको छ।राशिमन्त्र :ॐ गं गणपतये नम: ।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

धनु राशि- (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो साता शुभकार्यको चर्चा चल्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ३,८।कुनै पनि शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो, सेतो र घ्यु रङ्ग शुभ रहेको छ।पुर्व दिशा शुभ रहेको छ भने वायु कोण अशुभ रहेको छ।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

मकर राशि- (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): साताको सुरुमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । काम विगार्नेको सक्रियता रहनेछ । सोमवारबाट मनमा शान्ति छाउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभअङ्क २,९ । कुनै पनि शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।तपाइँको राशिस्वामी शनिदेव हुनुहुन्छ ।कालो, निलो,ध्वांसे र खरानी रङ्ग शुभ रहेको छ भने सेतो तथा रातो रङ्ग अशुभ रहेको छ। पश्चिम् दिशा शुभ रहेको छ भने उदाउँदो सुर्यको दिशा अशुभ रहेको छ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

कुम्भ राशि-(गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता पाईनेछ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । शुभारम्भको चर्चापनि चल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खैरो हो । कुनै पनि शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।तपाइँको राशिस्वामी शनिमहाराज हुनुहुन्छ ।कालो निलो ध्वांसे रङ्ग शुभ रहेको छ भने सेतो तथा कालो रङ्ग अशुभ रहेको छ।पश्चिम वायु दिशा शुभ रहेको छ ।अग्नि कोण अशुभ रहेको छ ।राशिमन्त्र: ॐ शं शनैश्चराय नम:।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।जय होस् शुभ होस्।

मीन राशि- (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो साता भाग्यले साथ दिने र इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । यो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्रपनि राम्रै रहनेछ । साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै पनि शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।तपाइँको राशिस्वामी गुरु महाराज बृहस्पति हुनुहुन्छ ।पहेँलो, सुनौलो र घ्यु रङ्ग शुभ रहेको छ।वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । तपाईंको साता सुखमय होस् ।

प्रकाशित मिति : असार १४, २०७७ आईतबार  ७ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।